सप्तरीको रुपनी गाउँपालिका ६ का वडाध्यक्षको निधन
सप्तरी, असोज ५ : सप्तरीको रुपनी गाउँपालिका ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको ५४ वर्षका उमेरमा निधन भएको छ। केही महिनादेखि बिरामी मगरलाई...सप्तरी, असोज ५ : सप्तरीको रुपनी गाउँपालिका ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको ५४ वर्षका उमेरमा निधन भएको छ। केही महिनादेखि बिरामी मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा आज बाटो मै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मृत घोषणा गरेपछि उनको शव घर ल्याउन लागिएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए। विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिनको उपचारपछि तीन दिनअघि घर फर्किएका मगरको स्वास्थ्यावस्था गम्भीर भएपछि आज बिहान धरान लगिएको थियो।
सार्वजनिक जग्गामा घर बनाएको विरोधमा स्थानीयवासीले अवरोध गरेपछि मगर केही महिनादेखि निकै तनावमा थिए। उनी गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा ५६६ मत ल्याएर निर्वाचित भएका थिए।
प्रकाशित मिति: १९:५५ बजे, सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१