बस दुर्घटनामा मृत्यु भएका पाँचै यात्रुको सनाखत (अपडेट)
डडेल्धुरा, वैशाख ११ : गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका पाँच यात्रुको सनाखत भएको छ।
आज बिहान....
डडेल्धुरा, वैशाख ११ : गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका पाँच यात्रुको सनाखत भएको छ।
आज बिहान धनगढीबाट बजाङतर्फ जादै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १८३१ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा बझाङको केदारस्युका नरेश गुर्धामी, कलशीदेवी गुर्धामी, हरुली बोहरा, बझाङकै तल्कोट–४ का धनबहादुर घर्ती र भारतको बिहारका मोहमद नासिरको मृत्यु भएको छ।
दुर्घटनामा कैलालीको गोदावरी नगरपालिका–१० का रमेश चौधरी, गोदावरी–३ का नवीन धामी, बैतडी सिगासका–२ का सुरेन्द्र क्षेत्री, बझाङको तलकोटकी जयकला बोहरा, शीतल वड, तलकोट–५ का कवेन्द्रबहादुर घर्ती, जयपृथ्वी नगरपालिका–९ की धनसरा वड, मष्टा–२ का जीवन लुहार, पुष्प कठायत, सुरज रोकाया घाइते भएका छन्।
त्यस्तै बझाङकै जयपृथ्वी नगरपालिका–७ का मनगिरी विक, छब्बिस पाथिभराका मदनराज जोशी, मष्टा–१ का विनोद थापा, केदारस्यू–५ का वसन्त बोहरा, तलकोटका गिठी घर्ती, मष्टा–२ का धविन्द्र धामी, केदारस्यू–५ का मोहित धामी, सुबेडाका लक्ष्मी विक, छब्बिस पाथिभरा–३ का तोरन रेग्मी, मष्टा–२ का सुनिल धामी, कञ्चनपुरको बेतकोट–२ का दिवाकर पन्त, मष्टा–३ का रजन कामी, थलराकी विष्णुमति जोशी, बुङ्गल–१० का जनकराज जोशी, धना बोहरा पनि घाइते भएका छन्।
त्यस्तै, बझाङकै तल्कोटका कुरे घर्ती, बुङ्गल–१ का जगन्नाथ जोशी, तल्कोट–४ का विवेक घर्ती, थलरा–३ का धनबहादुर चौहान, थलरा–१ की देवा बोहरा, भारतको बिहार कटिहारका महोमद उस्मान, मोहमद गुल्जार, जमिर हुसेन, अजाद हुसेन घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेका बझाङ थलरा–३ का धनबहादुर चौहान, मष्टा–१ का विनोद थापा र गोदावरी नगरपालिका–१० का रमेश चौधरीलाई थप उपचारका लागि धनगढी लगिएको छ।
बस ओभर लोड हुँदा अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।






