Kathmandu Press

चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला

बुटवल, असोज ५ : बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ। रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको...
चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला

बुटवल, असोज ५ : बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ। रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो। 

बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतीतसिंह राठौरले जानकारी दिए। नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबका रुपमा कार्यरत थिए।

नेपाल बिहीबार राति बुटवल उपमहानगरपालिका–९ स्थित एक होटलबाट लु२०प ४०६७ नं को मोटरसाइकलमा घर जाँदै गर्दा बेपत्ता भएका थिए। नहर पार गरी जाने क्रममा पानीको बहाव उच्च रहेकाले बगाएको आशंकामा पानी बन्द गरेर खोजी गरिएको थियो।

नेपालका श्रीमती र एक छोरा छन्। उनका दाजु छविको पनि उपचारका क्रममा आइतबार मृत्यु भएको थियो।

प्रकाशित मिति: १९:०६ बजे, सोमबार, असोज ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्