Kathmandu Press

हिम चितुवाको नामले प्रख्यात आरोही आङरिता शेर्पाकाे निधन

काठमाडौं, असोज ५ : हिम चितुवाका नामले परिचित कीर्तिमानि आरोही आङरिता शेर्पाको निधन भएको छ।सोमबार बिहान १० बजे काठमाडौंको जोरपाटीस्थित निवासमै उनको निधन...
हिम चितुवाको नामले प्रख्यात आरोही आङरिता शेर्पाकाे निधन

काठमाडौं, असोज ५ : हिम चितुवाका नामले संसारभर प्रख्यात कीर्तिमानि आरोही आङरिता शेर्पाको निधन भएको छ।

उनकाे सोमबार बिहान १० बजे काठमाडौंको जोरपाटीस्थित निवासमा निधन भएको हो। ७२ वर्षीय शेर्पा लामो समयदेखि लिभर र ब्रेनसम्बन्धी रोगबाट पीडित थिए।

उनले अक्सिजनबिना १० पटक सगरमाथाको सफल आरोहण गरेका छन्। जसले गर्दा उनलाई हिम चितुवाको उपनाम दिइएको हो।

सोलुखुम्बुका बासिन्दा शेर्पा केही समयदेखि छोरीसँगै काठमाडौंमा बस्दै आएका थिए।

 

प्रकाशित मिति: १८:४८ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्