Kathmandu Press

विश्व कीर्तिमान कायम राख्न सफल ‘हिमचितुवा’ शेर्पाको निधन

काठमाडौं, असोज ५ : विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ। आज बिहान १०...
विश्व कीर्तिमान कायम राख्न सफल ‘हिमचितुवा’ शेर्पाको निधन

काठमाडौं, असोज ५ : विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ। आज बिहान १० बजे उनको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए।
     
सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय  ‘हिमचितुवा’कोे पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ। बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ। 

उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए। सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो। सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए।

प्रकाशित मिति: १८:३५ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्