आन्तरिक हवाई यात्राको लागि पीसीआर परीक्षण रिपोर्ट नचाहिँने
काठमाडौं, असोज ५ : आन्तरिक हवाई यात्राका लागि पीसीआर परीक्षण रिपोर्ट नचाहिने भएको छ। यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू...
काठमाडौं, असोज ५ : आन्तरिक हवाई यात्राका लागि पीसीआर परीक्षण रिपोर्ट नचाहिँने भएको छ। यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ्य भएको स्वयं घोषणा गर्नु पर्नेछ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि गत ११ चैत्रदेखि बन्द भएको नियमित हवाई सेवा ६ महिनापछि पुनः सुरु भएको हो।
आन्तरिक हवाई सेवाका ९ वटा सेवा प्रदायक कम्पनीमध्ये ८ वटाले आजदेखि आफ्नो सेवा सुरु गरेका छन्।
आज देशका विभिन्न भागमा यात्रु लैजान ५० ओटा उडान अनुमति पाएका छन्।
नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तिमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोल र अत्यावश्यक सामान मात्र लैजान पाइने छ।
प्रकाशित मिति: १८:२० बजे, सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

