Kathmandu Press

बाटोमै बेहोस भएका डाक्टरमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज ५ : कोशी अस्पताल विराटनगरको एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ। चाइल्ड विभागमा कार्यरत चिकित्सक डाक्टर विनोद बिराजीमा संक्रमण पुष्टि...
बाटोमै बेहोस भएका डाक्टरमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज ५ : कोशी अस्पताल विराटनगरको एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ। चाइल्ड विभागमा कार्यरत चिकित्सक डाक्टर विनोद बिराजीमा संक्रमण पुष्टि भएको हो।

शनिबार साँझ सडकमा हिँडिरहेका बिराजी अस्पताल नजिकै बेहोस भएका थिए। उनलाई तत्काल कोशी अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गरिएको थियो। आइसियूमा उपचाररत डाक्टरमा आइतबार कोरोना पोजेटिभ देखिएको थियो।
चिकित्सकमा कोरोना पोजेटिभ देखिएपछि उनको उपचारमा खटिएका अस्पतालका १६ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन्। 

बिराजीको मस्तिष्कमा पनि समस्या देखिएपछि आफन्तले उनलाई उपचारका लागि आइतबार नै भारततर्फ लागेका छन्।

योसँगै कोशी अस्पतालमा कोरोना संक्रमित कर्मचारीको संख्या ३१ पुगेको छ।

प्रकाशित मिति: १७:५१ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्