Kathmandu Press

पूर्वजानकारी बिना विद्युत काटिए उर्जा मन्त्रीलाई फोन गर्न अनुरोध

काठमाडौं, असोज ५ : उर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुनले पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएमा वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल...
पूर्वजानकारी बिना विद्युत काटिए उर्जा मन्त्रीलाई फोन गर्न अनुरोध

काठमाडौं, असोज ५ : उर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुनले पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएमा वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेका छन्।

साथै, उनले समय समयमा लाइन काटिएको लोडसेडिङ नभएको बताएका छन्। पछिल्लो समय विभिन्न स्थानमा मर्मतको काम भइरहेकोले लाइन काटिएको मन्त्रालयले प्रस्टाएको छ। 

ऊर्जा मन्त्रीको निजी सचिवालयका अनुसार आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराहृन १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ केभी प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सर्फमरबाट वितरित विद्युत आपूर्ति बन्द हुने सूचना जारी गरेको छ। 

यदी बिना जानकारी लाइन काटिएमा उनले सम्पर्कका लागि ऊर्जामन्त्रीको सचिवालयको हटलाइन नम्बर(११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिने बताएका छन्।

प्रकाशित मिति: १७:३७ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्