Kathmandu Press

वीरगन्जमा कोरोनाबाट चार जना बृद्धको मृत्यु

वीरगन्ज, असोज ५ : पर्साको वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वीरगन्जमा उपचार गराइरहेका...
वीरगन्जमा कोरोनाबाट चार जना बृद्धको मृत्यु

वीरगन्ज, असोज ५ : पर्साको वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वीरगन्जमा उपचार गराइरहेका पर्साका दुई,  बारा र रौतहटका एकएक संक्रमितको मृत्यु भएको हो। उनीहरुमध्ये तीन जनाको आइतबार र एक जनको शनिबार मृत्यु भएको जनाउको छ।

स्वास्थ्य कार्यालयका अनुसार नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय बृद्धको आइतबार बिहान ७ः३० बजे मृत्यु भएको हो। उनी भदौ ३१ गते अस्पताल भर्ना भएका थिए।

त्यस्तै, वीरगन्ज महानगरपालिका–६ रेसमकोठीका ८८ वर्षीय बृद्धको पनि आइतबार मृत्यु भएको हो। उनी असोज २ गते अस्पताल भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

यसैगरि नगवामा नेसनल मेडिकल कलेजको अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका ६५ वर्षीय बृद्धको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ। असोज १ गते अस्पताल भर्ना भएका उनी मधुमेह र मुटुसम्बन्धी रोगबाट पीडित थिए।

त्यस्तै, वीरगन्ज महानगरपालिका–४ बिर्ताका ७८ वर्षीय बृद्धको शनिबार अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। उनी भदौ ३१ गते अस्पताल भर्ना भएका थिए। उनलाई श्वासप्रश्वासमा समस्या रहेको थियो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय १५ पुगेको छ। अहिलेसम्म काेराेना संक्रमितकाे संख्या ६४ हजार एक सय २२ रहेकाे छ।

प्रकाशित मिति: १७:३३ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्