Kathmandu Press

राष्ट्रपति चीन जान लाग्दा कयाै‌ जहाज आकाशमा घुमेको घुम्यै

काठमाडौं, बैशाख ११ : राष्ट्रपति विद्यादेवी भण्डारी चीन भम्रणमा जानै लाग्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई घण्टादेखि ठप्प भएको छ।

आन्....

राष्ट्रपति चीन जान लाग्दा कयाै‌ जहाज आकाशमा घुमेको घुम्यै

काठमाडौं, बैशाख ११ : राष्ट्रपति विद्यादेवी भण्डारी चीन भम्रणमा जानै लाग्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई घण्टादेखि ठप्प भएको छ।

आन्तरिक र बाह्य उडानको अवतरण र उडान रोकिएको छ। केही जहाज आकाशमै घुमिरहेका छन्। जसका कारण यात्रुले सास्ती बेहोर्नु परेको छ।

राष्ट्रपति भण्डारी नेपाल वायुसेवा निगमको चाटर्ड जहाजबाट चीन जाने कार्यक्रम छ। राष्ट्रपति भण्डारी सवार विमान बिहान ११ बजे उड्ने कार्यतालिका रहेकाे थियाे।

राष्ट्रपतिको भ्रमण टोली ४३ सदस्यीय रहेकाे छ। जसमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रपति कार्यालयका विज्ञहरु शुशीलराज प्यार्कुयाल र लालवावु यादव रहेका छन्।

त्यस्तै, भ्रमण टोलीमा सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की, योगेश भट्टराई, रामेश्वर राय यादव, कमलकुमारी ओली, प्रेमप्रसाद तुलाचन, विमला विश्वकर्मा, गजेन्द्रबहादुर महत सहभागी छन्।

त्रिभुवन विमानस्थलमाथिकाे आकाशमा चक्कर लगाइरहेका जहाज।

परराष्ट्र सचिव शंकरदास बैरागी दाहाल, उद्योग वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, राष्ट्रपति कार्यालय सचिव विनोद केसी, निजी चिकित्सक डा.धर्मकान्त बास्कोटा, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी, सहसचिव गणेशप्रसाद ढकाल (परराष्ट्र), सहसचिव छविन्द्र पराजुली र डा.जिवस शाह (राष्ट्रपति कार्यालय) पनि भ्रमण टोलीमा रहेका छन्।

प्रकाशित मिति: ११:२२ बजे, बुधबार, वैशाख ११, २०७६