Kathmandu Press

पेरिसडाँडामा बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, असोज ५ : आज दिउसो पेरिसडाँडामा बोलाइएको नेकपा सचिवालय बैठक स्थगित भएको छ।मन्त्रीहरु फेरबदल तथा संवैधानिक निकायमा नियुक्तीको विषयमा छलफल गर्न आज...
पेरिसडाँडामा बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, असोज ५ : आज दिउसो पेरिसडाँडामा बोलाइएको नेकपा सचिवालय बैठक स्थगित भएको छ।

मन्त्रीहरु फेरबदल तथा संवैधानिक निकायमा नियुक्तीको विषयमा छलफल गर्न आज दिउसो १ बजे पेरिसडाँडामा सचिवालय बैठक बोलाइएको थियो। आजको सचिवालय बैठक स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन्।

उनले ट्वीट गर्दै आजको बैठक स्थगित भएको र भोलि बस्ने जनाएका छन्। उनले ट्वीट गरेका छन्, ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२ः३०  बजे बालुवाटारमा बस्ने भएको छ।’

आइतबार नेकपा सचिवालय बैठक पेरिसडाँडामा बसेको थियो। बैठकमा मन्त्रिपरिषद् फेरबदल तथा संवैधानिक निकायका नियुक्तीको विषयमा छलफल भएको थियो।

 

प्रकाशित मिति: १७:०७ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्