Kathmandu Press

शुक्रबारसम्म ठूलो हावाहुरीसहितको वर्षाको सम्भावना 

काठमाडौं, असोज ५ : आजदेखि चार पाँच दिनसम्म देशका विभिन्न स्थानमा ठूलो हुरिवताससहितको वर्षा हुने पूर्वानुमान गरिएको छ ।हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको...
शुक्रबारसम्म ठूलो हावाहुरीसहितको वर्षाको सम्भावना 

काठमाडौं, असोज ५ : आजदेखि चार पाँच दिनसम्म देशका विभिन्न स्थानमा ठूलो हुरिवताससहितको वर्षा हुने पूर्वानुमान गरिएको छ ।

हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र पश्चिम उत्तर-पश्चिम तर्फ सर्ने क्रममा आगामी  ४/५ दिन (२१ सेप्टेम्बर राती देखि २५ सेप्टेम्बर) नेपालको धेरै स्थानमा मेघगर्जन चट्टयाङ सहितको वर्षा तथा केहि स्थानमा भारी देखि धेरै भारी वर्षा हुनका साथै हावाहुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

राति प्रदेश नं १, प्रदेश  नं २ र बागमती प्रदेशका एक दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: १४:३२ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्