विश्वमा ३ करोड १२ लाख वढी कोरोना संक्रमित
काठमाडौं, असोज ५ : विश्वभर ३ करोड १२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार...
काठमाडौं, असोज ५ : विश्वभर ३ करोड १२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख २७ हजार ४८० पुगेको छ । यस्तै एकै दिन थप ३ हजार ८९१ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६४ हजार ७६२ पुगेको छ । एकै दिन २ लाख ३९ हजार ७५२ मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २८ लाख १७ हजार ५४० पुगेको छ ।
प्रकाशित मिति: १४:२७ बजे, सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












