Kathmandu Press

३५९ जना मारिएको श्रीलंका विस्फोटमा झोला बोकेर आएका थिए हमलाकारी (भिडियोसहित)

काठमाडौं, वैशाख ११ : श्रीलंकाका तीन चर्च र तीन होटलमा भएको विस्फोटमा तीन सय ५९ जनाको मृत्यु भएको छ। जसमा पाँच सयभन्दा बढी घाइने भएका छन्।

यस....

३५९ जना मारिएको श्रीलंका विस्फोटमा झोला बोकेर आएका थिए हमलाकारी (भिडियोसहित)
एजेन्सी

काठमाडौं, वैशाख ११ : श्रीलंकाका तीन चर्च र तीन होटलमा भएको विस्फोटमा तीन सय ५९ जनाको मृत्यु भएको छ। जसमा पाँच सयभन्दा बढी घाइने भएका छन्।

यस घटनाको इस्लामिक स्टेट (आईएस)ले जिम्मा लिएको छ। श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेले पनि आईएसले विस्फोट गराएको बताएका छन्।

यस घटनामा गुप्तचर निकायले अगाडि नै सूचना दिएको थियो। विस्फोट हुन सक्ने भन्दै सतर्कता अपनाउन सचेत गराएको थियो।

तर, राष्ट्रपति मैथ्रिपला श्रीसेना र प्रधानमन्त्री रनिल बिक्रमासिंघेबीचको तनावले कार्यान्वयमा आएको थिएन्। यसबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको थिएन्।

विस्फोटमा मृत्यु भएका व्यक्तिहरूको हिजो सामुहिक अन्तिम संस्कार गरिएको छ।

श्रीलंकाले देशभर सुरक्षा सतर्कता बढाएको छ भने विस्फोटमा संलग्नहरूको खोजी भइरहेको छ। अहिलेसम्म ३९ जनालाई पक्राउ गरिएको जनाएको छ।

यसैबीच एउटा सीसीटीभी फुटेज बाहिर आएको छ। सेन्ट सेवास्टियन चर्चमा भएको विस्फोट अघिको सीसीटीभी फुटेजमा हमलाकारी देखिएका छन्। उनी झोला बोकेर चर्चििभत्र प्रवेश गरेपछि विस्फोट भएको पाइएको छ।

प्रकाशित मिति: १२:५२ बजे, बुधबार, वैशाख ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्