Kathmandu Press

६ महिनापछि आजबाट आन्तरिक हवाई उडान खुला

काठमाडौं, असोज ५ : बन्द भएको ६ महिनापछि आजदेखि आन्तरिक उडान सुरु भएका छन् । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक...
६ महिनापछि आजबाट आन्तरिक हवाई उडान खुला

काठमाडौं, असोज ५ : बन्द भएको ६ महिनापछि आजदेखि आन्तरिक उडान सुरु भएका छन् । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो।

आजदेखि हुने उडानका लागि सबै तयारी पूरा भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको प्राधिकरणले जनाएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम स्वरूप सरकारले आन्तरिक उडानमा लगाएको प्रतिबन्ध भदौ २९ को मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।

सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि पाँच दिनपछि सरेको हो । सोमबारदेखि वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने छन्।

यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ। त्यसपछि माग र औचित्यका आधारमा उडान तालिका स्वीकृत गर्नेगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ।
 

प्रकाशित मिति: १३:०६ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्