अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो
काठमाडौं, असोज ५ : अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको...
काठमाडौं, असोज ५ : अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ७० लाख ८ सय ९६ पुगेको हो। पछिल्लो पटक २ सय ९१ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ लाख ४ हजार १ सय १८ पुगेको छ।
यस्तै अमेरिकामा हालसम्म ४२ लाख ५० हजार वढी निको भइरसकेका छन् भने २५ लाख ५० हजार वढी उपचाररत रहेका छन् ।
प्रकाशित मिति: १२:३६ बजे, सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












