भारतमा कोरोना संक्रमित ५४ लाख नाघे

काठमाडौं, असोज ५ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५४ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढीमा संक्रमण देखिएको हो ।
सोमबार भारतमा ८७ हजार ३८२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४ लाख ८५ हजार ६१२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४३ लाख ९२ हजार ६५० जना संक्रमणमुक्त भएका छन् भने १० लाख ५ हजार ५३ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८७ हजार ९०९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: १२:१५ बजे, सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

