Kathmandu Press

राष्ट्रपति भण्डारी राजकीय भ्रमणमा चीन प्रस्थान गर्दै

काठमाडौं, वैशाख ११ : राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणमा आज चीन प्रस्तान गदै छिन्।

चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा राजकीय ....

राष्ट्रपति भण्डारी राजकीय भ्रमणमा चीन प्रस्थान गर्दै
फाइल फोटो

काठमाडौं, वैशाख ११ : राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणमा आज चीन प्रस्तान गदै छिन्।

चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा राजकीय भ्रमणका लागि आज बिहान प्रस्तान गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति नेपाल वायुसेवा निगमको विमानमा चार्टर गरेर चीन जान लागेकी हुन्। उनी काठमाडौंबाट सियाङ हुँदै बेइजिङ पुग्ने छिन् । त्यहाँ चीन राष्ट्रपति सी चिनफिङसँगै उच्च स्तरीय नेतासँग भेटवार्ता हुने छ।

राष्ट्रपतिको भ्रमण टोली ४३ सदस्यीय हुने छ। जसमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रपति कार्यालयका विज्ञहरू शुशीलराज प्याकुर्‍याल र लालवावु यादव रहेका छन्।

त्यस्तै, भ्रमण टोलीमा सांसदहरू ज्ञानेन्द्रबहादुर कार्की, योगेश भट्टराई, रामेश्वर राय यादव, कमलकुमारी ओली, प्रेमप्रसाद तुलाचन, विमला विश्वकर्मा, गजेन्द्रबहादुर महत सहभागी छन्। 

परराष्ट्र सचिव शंकरदास बैरागी दाहाल, उद्योग वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, राष्ट्रपति कार्यालय सचिव विनोद केसी, निजी चिकित्सक डा.धर्मकान्त बास्कोटा, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी, सहसचिव गणेशप्रसाद ढकाल (परराष्ट्र), सहसचिव छविन्द्र पराजुली र डा.जिवस शाह (राष्ट्रपति कार्यालय) पनि भ्रमण टोलीमा रहेका छन्।

राष्ट्रपति चीन भ्रमणमा रेलमार्गका विषयमा पनि छलफल हुने जनाएको छ। यस अघि तत्कालीन राष्ट्रपति डा.रामवरण यादव चीन भ्रमणमा गएका थिए।

प्रकाशित मिति: १०:३३ बजे, बुधबार, वैशाख ११, २०७६