Kathmandu Press

११ करोडमा टोखा नगरपालिकाको भवन बन्दै

काठमाडौं, असोज ४ : टोखा नगरपालिकाको भवन ११ करोड नौ लाख रुपैयाँ लागतमा निर्माण हुने भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले सो लागतमा...
११ करोडमा टोखा नगरपालिकाको भवन बन्दै

काठमाडौं, असोज ४ : टोखा नगरपालिकाको भवन ११ करोड नौ लाख रुपैयाँ लागतमा निर्माण हुने भएको छ। 

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले सो लागतमा वडा नं ६ स्थित मैजुहिटीमा नगरपालिका नयाँ भवन निर्माण गर्न लागेको हो। भवन निर्माणका लागि टोखाले नगरपालिका हाताभित्र रहेको अस्थायी टहरा भत्काएको छ। भवन निर्माणका लागि  निर्माण सेवा नुवाकोटसँग सम्झौतासमेत गरिसकेको छ। 

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले नगरपालिका तथा जिल्ला समन्वय केन्द्र काठमाडौँको आर्थिक लागतमा नगरपालिका भवन निर्माण गर्न लागिएको जानकारी दिए। अन्डरग्राउन्ड पार्किङसहित बन्न लागेको भवन साढे ६ तलाको हुनेछ। उक्त भवनमा लिफ्टसमेत जडान हुने उनले बताए।

सम्झौताअनुसार विसं २०७८ माघ २१ गतेसम्म भवन निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेछ। हाल टोखा नगरपालिकाले आफ्नै भवन नहुँदा विभिन्न स्थानमा विभिन्न शाखा स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रकाशित मिति: २३:१८ बजे, आइतबार, असोज ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्