उपत्यकामा थपिए कोरोनाका सात सय ६७ नयाँ संक्रमित
काठमाडौं, असोज ४ : काठमाडौं उपत्यकामा आइतबार थप सात सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप...
काठमाडौं, असोज ४ : काठमाडौं उपत्यकामा आइतबार थप सात सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप सात सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार उपत्यकाको काठमाडौं जिल्लामा ६ सय दुईजना, ललितपुरमा ६४ जना र भक्तपुरमा एक सय एक कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै, आइतबार नेपालमा थप १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ। संक्रमितमध्ये ४६ हजार २३३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४११ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: २२:२३ बजे, आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

