बझाङ जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, पाँच जनाको मृत्यु
डडेलधुरा, वैशाख ११ : डडेल्धुराको साहुखर्कमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।
कैलालीको....

डडेलधुरा, वैशाख ११ : डडेल्धुराको साहुखर्कमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।
कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्वरको बस डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा बुधबार बिहान ५ बजेतिर दुर्घटनामा परेको हो।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक लक्ष्मण खड्काले जानकरी दिए। बस सडकबाट करिब २ सय मिटर तल खसेको छ।
प्रकाशित मिति: ०७:३० बजे, बुधबार, वैशाख ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार