कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
काठमाडौं, असोज ४ : कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा...
काठमाडौं, असोज ४ : कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला र चारजना पुरुषको मृत्यु भएको हो ।
काठमाडौंका एक पुरुष र तीन महिला, भक्तपुर र ललितपुरको एक–एक गरी उपत्यकाका ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
धनुषा, चितवन, रुपन्देहीका एक–एक पुरुष र पाल्पाकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४११ पुगेको छ।
प्रकाशित मिति: २२:१४ बजे, आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

