Kathmandu Press

थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।
थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज ४ : नेपालमा गत २४ घण्टामा थप १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ। संक्रमितमध्ये ४६ हजार २३३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४११ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: २२:०५ बजे, आइतबार, असोज ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्