Kathmandu Press

नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे छलफल सुरु

काठमाडौं, असोज ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेरका बारेमा बनाउनुपर्ने मापदण्डका विषयमा छलफल गरेको छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको...
नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे छलफल सुरु

काठमाडौं, असोज ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेरका बारेमा बनाउनुपर्ने मापदण्डका विषयमा छलफल गरेको छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकले मन्त्रिपरिषद् हेरफेर कस्तो मापदण्ड अनुसार बन्ने भन्ने विषयमा छलफल गरेको पार्टीका प्रवक्ता नाराणकाजी श्रेष्ठले बताए।

सरकारलाई प्रभावकारी बनाउने तरीकाले मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्ने राय सचिवालय सदस्यहरुको रहेको श्रेष्ठको भनाई छ। ‘सामाजिक न्यायको लक्ष्य हाँसिल गर्नेगरी र सरकारलाई प्रभावकारी बनाउने हिसाबले विभिन्न कोणबाट छलफल भएका छन मापदण्ड बने तय भइसकेको छैन,’ उनले भने।

यस्तै सचिवालयको बैठकले संवैधानिक तथा राजनीतिक नियुक्तिकाबारेमा प्रधानमन्त्रीलाई निर्णय गराउन सहज हुन  किसिमले सल्लाह दिएको श्रेष्ठले बताए। आइतबार बसेको सचिवालयको बैठकले चार वटा कार्यसूची बनाएको छ।

मन्त्रिपरिषद्को पुनर्गठन, संवैधानिक आयोगहरुमा नियुक्ति, स्थायी तथा केन्द्रीय कमिटीमा पदपूर्ती र विविध शीर्षकका कार्यसूची बैठकले बनाएको हो। सचिवालय बैठकमा केन्द्रीय कमिटीका नेताहरुलाई दिने सहयोग, संघीय संसदका सदस्यहरुको भत्ताको व्यवस्थापनलगायतका विषयमा पनि छलफल भएको छ। बैठक सोमबार १ बजे बस्नेगरी स्थगित भएको छ।

प्रकाशित मिति: २१:०५ बजे, आइतबार, असोज ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्