Kathmandu Press

बोक्सीको आरोपमा महिलामाथि कुटपिट

लहान, असोज ४ : बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ।स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको...
बोक्सीको आरोपमा महिलामाथि कुटपिट

लहान, असोज ४ : बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ।

स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तजनले जनाएका छन्।

गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर मृत्यु भएको विषयमा मूर्तिदेवीले टुनामुना गरी बोक्सी लगाएको आरोप लगाउँदै स्थानीयवासी धर्मनाथ यादव, उनका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायतले मूर्तिदेवीलाई निर्घात कुटपिट गरेका मूर्तिदेवीका छोरा गणेश यादवले जानकारी दिए। ‘गत भदौ २९ गते राति आमा घरमा सुतिरहनुभएको थियो,’ उनले भने, ‘स्थानीयवासीले तथानाम गाली गर्दै आमालाई घरबाट बाहिर निकालेर सडकमा लगि निर्घात कुटपिट गरे, पछि खेतमा लगेर फालिदिए।’ कुटपिट गर्नेहरुले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फसाई दिने धम्की दिँदै आएको उनको गुनासो छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिकराम शर्माले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित मिति: २०:४१ बजे, आइतबार, असोज ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्