सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण
डडेल्धुरा, असोज ४ : सुदूरपश्चिममा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।आइतबबार डडेल्धुरा अस्पताल कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण...
डडेल्धुरा, असोज ४ : सुदूरपश्चिममा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आइतबबार डडेल्धुरा अस्पताल कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमित सबै बझाङका रहेको प्रयोगशालाले जनाएको छ।
डडेल्धुरा प्रयोगशालामा आइतबार एक सय ७७ जनाको स्वाब परीक्षण गरिएको थियो। तिमध्ये १७ जनामा कोरोना संक्रमण देखिएको हो।
संक्रमण देखिएकाहरुमा बझाङको खप्तडछान्नाका आठ, थलराका ८ र छबिसपाथिभारा गाउँपालिकाका एक जना रहेका छन्।
प्रकाशित मिति: २०:११ बजे, आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











