Kathmandu Press

'शेरधन राईको श्रीमती हुँ' भन्ने बालिका खड्का पेरिसडाँडाबाट पक्राउ

काठमाडौं, असोज ४ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हुँ भन्दै चर्चामा आएकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पेरिसडाँडास्थित नेपाल कम्युनिष्ट...
'शेरधन राईको श्रीमती हुँ' भन्ने बालिका खड्का पेरिसडाँडाबाट पक्राउ

काठमाडौं, असोज ४ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हुँ भन्दै चर्चामा आएकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

पेरिसडाँडास्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी सचिवालय बैठकमा नेताहरुलाई भेट्नु छ, भन्दै प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

उनलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखेको छ।

दोलखाकी नेकपाका कार्यकर्तासमेत रहेकी खडेकाले मुख्यमन्त्री राईले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाइएकी थिइन्।

साथै, लिभिङ टुगेदरमा बसेर छाडेको भन्दै अंश दाबी गर्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्तासमेत गराएकी थिइन्।

प्रकाशित मिति: १९:४२ बजे, आइतबार, असोज ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्