Kathmandu Press

भोलिदेखि आन्तरिक उडान, सबै सिटमा यात्रु, भाडा नबढ्ने

काठमाडौं, असोज ४ : वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा सबै सिटमा यात्रु राख्न पाउने भएका छन्। जसले गर्दा आन्तरिक उडानको भाडा नबढ्ने भएको छ।असोज...
भोलिदेखि आन्तरिक उडान, सबै सिटमा यात्रु, भाडा नबढ्ने

काठमाडौं, असोज ४ : वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा सबै सिटमा यात्रु राख्न पाउने भएका छन्। जसले गर्दा आन्तरिक उडानको भाडा नबढ्ने भएको छ।

असोज ५ गतेदेखि आन्तरिक उडान सुरु हुँदै छ। यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीलाई पत्राचार गरेर उडान सञ्चालन हुने जानकारी दिएको छ।

यसअघि मन्त्रालयले भौतिक दूरी कायम गर्न निर्देशन दिएको थियो। त्यस्तै, ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने उल्लेख गरेको थियो। तर, यसको वायुसेवा कम्पनीले विरोध गरेका थिए।

त्यसपछि भएको छलफलमा सबै सिटमा यात्रु राख्न पाउने सहमति बनेको हो। जसअनुसार, अब भाडा नबढ्ने भएको हो।

पहिलो नौ दिनमा थोरै मात्रै उडान हुने भएको छ। यस अघिको तुलनामा २५ प्रतिशत मात्रै उडान गरिने भएको छ। यो अवधिमा सबै विमानस्थलमा उडान हुनेछ।

त्यसपछि थप कार्यतालिका आउनेछ। यात्रुको उपलब्धता र वायुसेवा कम्पनीको माग अनुसार थपिने मन्त्रालयले जनाएको छ।

आन्तरिक उडानमा स्वास्थ्य सतर्कता भने अपनाउनुपर्नेछ । यसका लागि स्वास्थ्य क्लिनिक पनि राखिने भएको छ।

प्रकाशित मिति: १९:३७ बजे, आइतबार, असोज ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्