काठमाडौंमा एकाविहानै लगातार दुई पटक भूकम्पको धक्का
काठमाडौं, बैशाख ११ : काठमाडौंमा भूकम्प गएको छ । भूकम्पले हल्लाएपछि काठमाडौंवशी घर बाहिर निस्कीएका छन् ।
विहान ६ वजेर २९ मिनेट जादा भूकम्पको धक्का ....
काठमाडौं, बैशाख ११ : काठमाडौंमा भूकम्प गएको छ । भूकम्पले हल्लाएपछि काठमाडौंवशी घर बाहिर निस्कीएका छन् ।
विहान ६ वजेर २९ मिनेट जादा भूकम्पको धक्का महशुस भएको हो । भूकम्प काठमाडौं उपत्यका लगायत वरपरका जिल्लाहरुमा महशुस गरिएको थियो ।
भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ । विहानै गएको भूकम्पको केन्द्र विन्दु नौविसे रहको भूकम्प मापन केन्द्रले जनाएको छ ।
चार वर्ष अघि २०७२ बैशाख १२ मा विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पले झण्डै १० हजारको ज्यान गएको थियो भने अर्बौको भौमिक संरचना ध्वस्त भएको थियो ।
वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा धेरै मानिस घर बाहिरै निस्किएर बसेका थिए । भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ ।






