Kathmandu Press

कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका दुई सय ४४ नेपालीले ज्यान गुमाए

काठमाडौं, असोज ४ : कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका दुई सय ४४ जना नेपालीले ज्यान गुमाएका छन्। यो साता अमेरिकामा थप एक नेपालीको मृत्यु...
कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका दुई सय ४४ नेपालीले ज्यान गुमाए

काठमाडौं, असोज ४ : कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका दुई सय ४४ जना नेपालीले ज्यान गुमाएका छन्। 

यो साता अमेरिकामा थप एक नेपालीको मृत्यु भएसँगै मृतकको संख्या दुई सय ४४ पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ। 

कोरोनाका कारण  हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १७ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन्।  

हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीमा संक्रमण देखिएको छ।

प्रकाशित मिति: १८:३२ बजे, आइतबार, असोज ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्