Kathmandu Press

कोरोना संक्रमणबाट एक सैनिकको मृत्यु

काठमाडौं, असोज ४ : नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणको कारण मृत्यु भएको छ।काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको...
कोरोना संक्रमणबाट एक सैनिकको मृत्यु

काठमाडौं, असोज ४ : नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणको कारण मृत्यु भएको छ।

काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो। 

यसैबीच नेपाली सेनामा हालसम्म दुई हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय संक्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।

प्रकाशित मिति: १८:१६ बजे, आइतबार, असोज ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्