Kathmandu Press

त्रिशूलीमा खसेको ट्यांकरका चालक र सहचालक भेटिए

धादिङ, असोज ४ : त्रिशूलीमा खसेको पेट्रोल बोकेको ट्यांकरका चालक र सहचालक भेटिएका छन्। उनीहरु सम्पर्कमा आएको ट्राफिक प्रहरी कार्यालय, गजुरीले जनाएको छ।आज...
त्रिशूलीमा खसेको ट्यांकरका चालक र सहचालक भेटिए

धादिङ, असोज ४ : त्रिशूलीमा खसेको पेट्रोल बोकेको ट्यांकरका चालक र सहचालक भेटिएका छन्। उनीहरु सम्पर्कमा आएको ट्राफिक प्रहरी कार्यालय, गजुरीले जनाएको छ।

आज बिहान अमलेखगन्जबाट आएको ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको थियो। ट्यांकर त्रिशूलीमा खस्दा आगलागी भएको थियो।

ट्यांकरका चालक ३२ वर्षीय सन्दीप बोहोरा र सहचालक मनिष नगरकोटी बेपत्ता भएका थिए। प्रहरीको सम्पर्कमा आएका उनीहरुले दुर्घटना हुँदा हाम फालेर जोगिएको बताएका छन्। ट्राफिक प्रहरी कार्यालय, गजुरीका इन्स्पेक्टर नेत्र भट्टका अनुसार उनीहरु नै फोन गरेर सम्पर्कमा आएका हुन्।

ट्यांकरको स्टिेरिङ अड्किएर दुर्घटना भएको चालक बोहोराले प्रहरीलाई बताएका छन्। दुर्घटना हुँदा हाम फालेकाले जोगिएको उनीहरुको भनाइ छ।

दुर्घटनाग्रस्त ट्यांकरलाई त्रिशूली नदीबाट निकाल्न लागिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा रहेको छ।

 

प्रकाशित मिति: १७:१९ बजे, आइतबार, असोज ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्