भ्यान र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
महोत्तरी, असोज ४ : पिकअप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किदा महोत्तरीमा दुई जनाको मृत्यु भएको छ।बर्दिबास–६ किसानगरमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किँदा...
महोत्तरी, असोज ४ : पिकअप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किदा महोत्तरीमा दुई जनाको मृत्यु भएको छ।
बर्दिबास–६ किसानगरमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किँदा स्थानीय देवबहादुर खपाङ्गी र प्रमोद रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बर्दिबासले जनाएको छ।
विपरीत दिशाबाट आइरहेका पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईले बताए।
मोटरसाइकमा तीन जना सवार रहेका थिए। उनीहरुमध्ये चालक प्रमोद र अर्का देवबहादुरको मृत्यु भएको हो।
उनीहरुलाई उपचारका धनुषास्थित लालगढ मोडेल अस्पताल लगिको थियो। त्यहाँ उपचार हुन नसकेपछि प्रमोदलाई धरान र देवबहादुरलाई काठमाडौं लगिएको थियो। प्रमोदको धरानमा र देवबहादुरको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:०७ बजे, आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)
