त्रिशूलीमा खसेको तेलकाे ट्यांकरमा आगलागी, चालक र सहचालक बेपत्ता
धादिङ, असोज ४ : अमलेखगन्जबाट आएको तेलको ट्यांकर त्रिशूली नदीमा खसेको छ। ट्यांकरमा आगलागी भएको छ भने चालक र सहचालक बेपत्ता रहेका छन्।पेट्रोल...
धादिङ, असोज ४ : अमलेखगन्जबाट आएको तेलको ट्यांकर त्रिशूली नदीमा खसेको छ। ट्यांकरमा आगलागी भएको छ भने चालक र सहचालक बेपत्ता रहेका छन्।
पेट्रोल बोकेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको हो। ट्यांकर खस्दा आगलागी भएको ट्राफिक प्रहरी कार्यालय, गुजरीका प्रहरी निरीक्षक नेत्र भट्टले बताए।
ट्यांकर नदीमा आधा डुबेको छ। माथिल्लो भागमा आगलागी भएको छ।
ट्यांकमा कति जना थिए भन्ने एकीन भएको छैन। चालक र सहचालक बेपत्ता भएको ट्राफिक प्रहरी निरीक्षक भट्टले बताए।
अहिले उद्धार कार्य जारी रहेको छ। यसका लागि कुरिनटारबाट सशस्त्र प्रहरीको टोली आउन लागेको उनले बताए।
प्रकाशित मिति: १५:३६ बजे, आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

