नेकपाको सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा बस्दैं
काठमाडौं, असोज ४ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। शुक्रबार स्थगित भएको सचिवालय बैठक आज बिहान ११ बजे तत्कालीन...
काठमाडौं, असोज ४ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। शुक्रबार स्थगित भएको सचिवालय बैठक आज बिहान ११ बजे तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्दै आएको सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्न लागेको हो । स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान सचिवालय बैठक बस्न लागेको हो।
भदौ २६ गते सम्पन्न स्थायी कमिटीे बैठकले सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमससी), अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा निर्णय गरेको थियो ।
यसैबीच नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन एवम् विभिन्न प्रदेशमा मुख्यमन्त्री फेरबदलबारे समेत छलफल हुने समेत बुझिएको छ ।
प्रकाशित मिति: १४:१६ बजे, आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

