मौसम पुर्वानुमान : हल्का बर्षाको सम्भावना
काठमाडौं, असोज ४ : मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । आइतबार महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्यून...
काठमाडौं, असोज ४ : मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । आइतबार महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।
महाशाखाले हाल बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको पूर्वानुमानमा उल्लेख गरेको छ । यसैगरी, दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
प्रकाशित मिति: १४:०३ बजे, आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

