ताम्राकारको निधनले कांग्रेसको जागरण अभियान १३ दिन सर्यो
काठमाडौं, वैशाख १० : कांग्रेसले नेता रामकृष्ण ताम्राकारको निधन भएपछि भोलिदेखि सुरू गर्ने तयारी गरेको देशव्यापी जागरण अभियान १३ दिन पर सारेको छ। <....
काठमाडौं, वैशाख १० : कांग्रेसले नेता रामकृष्ण ताम्राकारको निधन भएपछि भोलिदेखि सुरू गर्ने तयारी गरेको देशव्यापी जागरण अभियान १३ दिन पर सारेको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले नेता ताम्रकारको निधनले पार्टी सोकमा भएकाले १३ दिन सरेको बताए। ‘१३ दिनसम्म पार्टीले कुनै पनि कार्यक्रम गर्दैन’ शर्माले काठमाडौंप्रेससँग भने,‘पार्टीको देशव्यापी जागरण अभियन पनि सरेको छ।’
कांग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय जागरण अभियान थाल्ने घोषणा गरेको थियो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको असामयिक र दुःखद निधन भएकोप्रति गहिरो शोक प्रकट गर्दै वैशाख ११ गते देशभर एक साथ प्रारम्भ गर्ने भनिएको “हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को प्रथम चरण अन्तर्गतको एक महिने कार्यक्रमको मिति परिवर्तन गर्ने निर्णय गरेको हो ।
कांग्रेसले उक्त कार्यक्रम वैशाख २५ गतेदेखि प्रारम्भ भई ज्येष्ठ २५ गतेसम्म देशभरका सबै जिल्लाहरूमा पूर्ववत रुपमा संचालन हुने बताइएको छ ।






