Kathmandu Press

कोरोना संक्रमणबाट बाँकेमा थप एक पुरुषको मृत्यु

काठमाडौं, असोज ४ : कोरोना संक्रमणबाट बाँकेमा थप एक पुरुषको मृत्यु भएको छ।  नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९ बर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा...
कोरोना संक्रमणबाट बाँकेमा थप एक पुरुषको मृत्यु

काठमाडौं, असोज ४ : कोरोना संक्रमणबाट बाँकेमा थप एक पुरुषको मृत्यु भएको छ।  

नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९ बर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भदौ २० मा भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनमा भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।  

उनको दुवै फोक्सोमा निमोनिया भई एआरडिएस समेत भएको थियो । 

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, असोज ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्