भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नजिक, एकैदिन ९२ हजारमा संक्रमित

काठमाडौं, असोज ३ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख नजिक पुगेको छ ।
दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण देखिएको हो । आइतबार भारतमा ९२ हजार ७५५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ लाख ९८ हजार २३० पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ९९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् भने १० लाख ११ हजार ७३२ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८६ हजार ७७४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: १२:२० बजे, आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

