Kathmandu Press

बारामा एकैदिन थपिए १११ जना कोरोना संक्रमित

काठमाडौं, असोज ३  : बारामा एकैदिन थप १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको पीसीआर परीक्षणमा बारामा थप १११ जनामा कोरोना...
बारामा एकैदिन थपिए १११ जना कोरोना संक्रमित

काठमाडौं, असोज ३  : बारामा एकैदिन थप १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार गरिएको पीसीआर परीक्षणमा बारामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये ९० जना पुरुष र २१ जना महिला रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ। संक्रमितमध्ये ४५ हजार २६७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४०१ जनाको मृत्यु भएको छ।   
 

प्रकाशित मिति: २२:२५ बजे, शनिबार, असोज ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्