काठमाडौंमा ५७० सहित उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित
काठमाडौं, असोज ३ : काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोनाको...
काठमाडौं, असोज ३ : काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५७०, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै, शनिबार नेपालमा थप १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ। संक्रमितमध्ये ४५ हजार २६७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४०१ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १४४७ जना घर फर्किएका छन्।
प्रकाशित मिति: २२:१५ बजे, शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

