Kathmandu Press

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज ३ : नेपालमा थप १२०४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२०४  जनामा कोरोनाको संक्रमण...
थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज ३ : नेपालमा थप १२०४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२०४  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ। संक्रमितमध्ये ४५ हजार २६७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४०१ जनाको मृत्यु भएको छ।   

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १४४७ जना घर फर्किएका छन्।     

प्रकाशित मिति: २२:०२ बजे, शनिबार, असोज ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्