अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर : कांग्रेस
काठमाडौं, असोज ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गरेर माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको...
काठमाडौं, असोज ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गरेर माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर डा. केसी अनशनमा बसेको एक साता बित्न लाग्दा पनि सरकारले कुनै चासो नलिएको विषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन्।
कांग्रेसले डा. केसीको माग सुनुवाइ गर्दै कर्णालीको आवाज श्रवण र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेसले ०७५ साउन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा डा. केसीसँग सरकारले गरेको सम्झौता सरकारले उल्लंघन गरेको नजिर नदोहोर्याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ गर्न माग गरेको छ।
यस्तै, कांग्रेसले कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानदेखि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानसम्मको माग अघि सारेर अनशनरत डा. केसीसँग संवाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउन पनि सरकारलाई आग्र गरेको छ।
‘डा. केसीको जीवनलाई जोखिमबाट जोगाउँदै जायज माग पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न कांग्रेस संघीय सरकार र कर्णाली प्रदेश सरकार दुवैलाई अपील र आग्रह गर्दछ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

