Kathmandu Press

बारामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

जितपुर, असोज ३ :  बारामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा बाराका थप ४५...
बारामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

जितपुर, असोज ३ :  बारामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा बाराका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए। 

उनका अनुसार कलैया उपमहानगरपालिकाका ३३ जना, बारागढी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बारागढीका ८ जना प्रहरी, सोही गाउँपालिकाको अस्थायी प्रहरी चौकीका एक जना, बारागढीकै सुखीपठारका दुई जना, महागढीमाई तथा श्रीपुरका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, नारायणी अस्पतालमै गरिएको परीक्षणमा पर्सामा ६ जना र सर्लाहीका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। 
 

प्रकाशित मिति: १८:१७ बजे, शनिबार, असोज ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्