Kathmandu Press

कोरोनाविरुद्ध सरकारले चालेको कदम उराठलाग्दो छैन : प्रधानमन्त्री 

काठमाडौं, असोज ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदम उराठलाग्दो नभएको दाबी गरेका छन्।संविधान दिवसका...
कोरोनाविरुद्ध सरकारले चालेको कदम उराठलाग्दो छैन : प्रधानमन्त्री 

काठमाडौं, असोज ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदम उराठलाग्दो नभएको दाबी गरेका छन्।

संविधान दिवसका अवसरमा शनिबार टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले चालेको अहिलेसम्मका कामको तस्वीर उराठलाग्दो नभएको दाबी गरेका हुन्। 

‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो। तर, महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मका कामका तस्वीर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन्,’ प्रधानमन्त्री ओलीले भने। 

कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्थाबीचमा आकाश जमिनको फरक रहेको बताए। उनले सरकारले महामारीलाई चुनौतीका रुपमा मात्रै नभई अवसरका रुपमा समेत उपयोग गर्नेगरी चालू आर्थिक वर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार खडा गर्ने योजना कार्यान्वयनमा ल्याएको बताए।

प्रधानमन्त्री ओलीले कोभिडले ल्याएको विश्वव्यापी आर्थिक संकटका बाबजुद पनि दातृ निकायको सहयोग बढिरहेको बताए। उनले यो अवधिमा १६८ अर्ब रुपैयाँ बजेटरी सहायतासहित कूल ५ खर्ब रुपैयाँ बराबरको विकास सहायता प्रतिबद्धता प्राप्त भएको बताए। 

‘यो दुई वर्षको अवधिमा २ खर्ब रुपैयाँ भन्दा बढीको बाह्य लगानी स्वीकृत भइसकेको छ भने  १४ खर्बभन्दा बढीको लगानी प्रतिबद्धता पनि प्राप्त भएको छ,’ उनले भने।
 

प्रकाशित मिति: १७:५४ बजे, शनिबार, असोज ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्