गण्डकी प्रदेशमा थपिए १५ जना कोरोना संक्रमित
पोखरा, असोज ३ : गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि...
पोखरा, असोज ३ : गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएृको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।
उनका अनुसार नवलपरासी (बर्दाघाट सुस्तापूर्व) का ११, पर्वतका दुई, स्याङ्जा र लमजुङका एक–एक जनामा कोरोना पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ३५१ जना पुगेको छ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १७:१४ बजे, शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)


