Kathmandu Press

प्रधानमन्त्री ओलीले भने- भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ  

काठमाडौं, असोज ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कसैलाई पनि भ्रष्टाचार गर्न नदिने बताएका छन्। संविधान दिवसका अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई...
प्रधानमन्त्री ओलीले भने- भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ  

काठमाडौं, असोज ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कसैलाई पनि भ्रष्टाचार गर्न नदिने बताएका छन्। 

संविधान दिवसका अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त भएकाले भ्रष्टाचार गर्न नदिने बताएका हुन्।

उनले भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने पनि बताए। ‘अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतीपूर्ण रहेको छ,’प्रधानमन्त्री ओलीले भने,‘मैले पटकपटक भन्दै आएको छु ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका विरुद्ध बोल्दामुखमा पानी हालेर बोल्दिनँ।’

उनले भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा नियामक निकायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक वर्षमा ७९२ केसहरुमा मुद्दा चलाएको छ। राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाबिरुद्ध ३१ अर्ब ५ करोड भन्दा बढीको विगो दावीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले सबै प्रकारका संकीर्णता र आग्रह पूर्वाग्रह छोडेर विकास र उन्नतिको बाटोमा एकताबद्ध भएर दलहरु अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए। उनले भने,‘सोचौं, हामीचाहिँ किन ‘मुसा मार्ने’ बिरालो ‘कालो वा सेतै’ खोजिरहेका छौँ? अब हामी सबै प्रकारका संकीर्णता र आग्रह पूर्वाग्रह छोडौं र विकास र उन्नतिको बाटोमा एकताबद्ध भई अघि बढौँ।’
 

प्रकाशित मिति: १७:०७ बजे, शनिबार, असोज ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्