Kathmandu Press

डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री मानपदवी

काठमाडौं, असोज ३ : सरकारले वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) मानपदवी प्रदान गर्ने भएको छ। संविधान दिवसका...
डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री मानपदवी

काठमाडौं, असोज ३ : सरकारले वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) मानपदवी प्रदान गर्ने भएको छ। 

संविधान दिवसका अवसरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइतलाई सरकारले सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) पदकबाट सम्मान गर्ने निर्णय गरेको हो। डा. रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक समेत हुन्।

हजारौं नागरिकको आँखाको ज्योती फर्काएका डा. रुइत सन् २००६ मा रोमन म्यागासेसे पुरस्कारबाटसमेत सम्मानित भएका थिए।  संविधान दिवसको अवसरमा डा. रुइतसँगै सरकारले यस वर्ष ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ।

विभूषण, अलंकार र पदक राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नेछिन्।
 

प्रकाशित मिति: १५:३६ बजे, शनिबार, असोज ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्