Kathmandu Press

चितवनमा उपचाररत रौतहटकी कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुर, असोज ३ : चितवनमा उपचाररत रौतहटकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट रौतहटको चन्द्रपुर नगरपालिका–५ की ६० वर्षीया महिलाको शनिबार बिहान...
चितवनमा उपचाररत रौतहटकी कोरोना संक्रमित महिलाको मृत्यु
सांकेतिक तस्वीर

भरतपुर, असोज ३ : चितवनमा उपचाररत रौतहटकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट रौतहटको चन्द्रपुर नगरपालिका–५ की ६० वर्षीया महिलाको शनिबार बिहान चितवनमा मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो। 

चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार ती महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो। गत भदौ २८ गते अस्पताल भर्ना भएकी ती महिलालाई  ल्याउनेवित्तिकै भेन्टिलेटरमा राखिएको थियो। ती महिलामा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

डा. लम्सालका अनुसार ती महिलामा निमोनिया, थाइराइड र उच्च रक्तचापको समस्या समेत थियो।
 

प्रकाशित मिति: १५:२४ बजे, शनिबार, असोज ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्