Kathmandu Press

‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा मिलोस्ः खनाल

काठमाडौं, असोज ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय...
‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा मिलोस्ः खनाल

काठमाडौं, असोज ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

संविधान दिवसका अवसरमा शुभकामना दिँदै पूर्वप्रधानमन्त्री खनालले भनेका छन्,‘ संविधान दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा दिने मैले विश्वास लिएको छु।’

खनालले अथक संर्घषबाट प्राप्त गरेको लोकतान्त्रिक, समावेशी र  समाजवाद उन्मुख संविधानलाई रक्षा गदै अगाडि बढ्न सबैलाई आह्वान पनि गरेका छन्। उनले संविधानमार्फत नागरिक स्वतन्त्रता, मानव अधिकार, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता जस्ता आधारभूत अधिकार सुनिश्चित गरेको पनि स्मरण गरेका छन्।

‘विभिन्न वर्ग, जाती, धर्म, संस्कृति र परम्परा मान्ने क्षेत्रका सम्पूर्ण नेपालीको हक र अधिकारलाई समेत हामीले संविधानमै संस्थागत गरेका छौँ,’ उनले भनेका छन्।

उनले संविधान जारी भएपछि देशमा राजनीतिक स्थिरता कायम भएको र मुलुक विकास निर्माण, अग्रगति र समृद्धिको दिशातर्फ अघि बढेको बताएका छन्। ‘हामीहरू समाजवादतिर अघि बढ्न संकल्पित छौँ। यी सबै संविधान निर्माण पश्चात हामीले गरेका असाधारण उपलब्धी हुन्,’ उनले भनेका छन्।
 

प्रकाशित मिति: १५:०३ बजे, शनिबार, असोज ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्